दफा २४६
बगली मार्न नहुने

(१) कसैले बगली मार्न वा मार्न लगाउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले पैदल हिँडिरहेको, सवारी साधनमा यात्रा गरिरहेको वा कुनै सार्वजनिकस्थानमा रहेको व्यक्तिले थाहा पाउने वा नपाउने गरी निजको बगली वा निजको साथमा रहेको थैली, झोला वा अन्य कुनैकिसिमको साधनमा रहेको नगद वा धनमाल लिएमा निजले बगली मारेको मानिनेछ।तर दश हजार रुपैयाँँ नगद वा दश हजार रुपैयाँँभन्दा बढी मूल्य भएको धनमाल बगली मारेको भए दफा २४१बमोजिमको कसूर गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:-
(क) पहिलो पटक बगली मारेको भए एक महिनासम्म कैद वा विगो बमोजिम जरिबाना वा दुवै सजाय,
(ख) दोस्रो पटकदेखि पटक्कै पिच्छे दुई महिनासम्म कैद वा बिगो बमोजिम जरिबाना कैद वा दुवै सजाय ।
२४६क. थप सजाय गरी क्षतिपूर्ति भराईनेः